काठमाडौं । अर्जेन्टिनाको एक अस्पतालमा पाँच शिशुको हत्या तथा अन्य ८ जनाको हत्या प्रयास गरेको अभियोग पुष्टि भएपछि एक नर्सलाई आजीवन कारावासको सजाय सुनाइएको स्थानीय मिडियाले जनाएका छन् ।

ब्रेन्डा सेसिलिया अगुएरो नाम गरेकी ती नर्सले २०२२ मार्च र जुनको बीचमा आपत्कालीन चिकित्सा कार्टबाट डोज लिएर नवजात शिशुहरूलाई पोटासियम र इन्सुलिन सुई दिएकी थिइन् । स्वस्थ जन्मिएका सबै बच्चाको कोर्डोबा प्रान्तको मातृ तथा बाल अस्पतालको नवजात वार्डमा मृत्यु भएको थियो । तत्काल चिकित्सा हस्तक्षेपका कारण अन्य ८ जना भने बाँचेका थिए ।

advertisement

मुद्दामा पूर्वप्रान्तीय अधिकारी र स्वास्थ्यकर्मीसहित १० अन्य प्रतिवादीविरुद्ध ढाकछोप र कर्तव्यमा लापरबाहीको आरोप लगाइएको थियो । आरोप लागेकाहरूमा कोर्डोबा प्रान्तका पूर्वस्वास्थ्यमन्त्री र स्वास्थ्य सचिवका साथै अस्पतालका पूर्वनिर्देशक समावेश थिए ।

२०२२ मा पक्राउ परेकी अगुएरोले भने आरोपहरू अस्वीकार गरेकी थिइन् । उनले अदालतलाई ‘आफूविरुद्ध अदालतसँग कुनै प्रमाण नभएको’ र मिडियाले आफूलाई ‘सिरियल किलर’ को रूपमा चित्रण गरेको आरोप लगाएकी थिइन् ।

अन्य प्रतिवादीमध्ये पाँच जनालाई दोषी ठहर गरिए पनि सजाय कम सुनाइएको छ भने बाँकी पाँचलाई निर्दोष ठहर गरिएको थियो ।

 

प्रकाशित मिति: ६ असार २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com