काठमाडौं । धनकुटा नगरपालिका १० उत्तरपानीमा सुक्रबार बिहान आफ्नै घरको बरण्डाबाट लडेर महिलाको मृत्युु भएको छ।
स्थानीय ईश्वर घिसिङकी ५० वर्षीय श्रीमती प्रमिला राई घिसिङ आफ्नै घरको दोश्रो तल्लाको बरण्डाबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ।
उनको घटनास्थलमा नै मृत्यु भएको प्रहरी प्रवक्ता डिएसपी ओमप्रकाश खनालले बताए । घटनास्थलमा प्रहरी टोली खटिएर कानुनी प्रकृया तथा अनुसन्धान भैरहेको छ ।
प्रकाशित मिति: ६ असार २०८२, शुक्रबार













प्रतिक्रिया