काठमाडौं । कप्तान लियोनेल मेस्सीको उत्कृष्ट फ्रिकिक गोलको मदतले इन्टर मियामीले फिफा क्लब विश्वकप फुटबलमा एफसी पोर्टोमाथि २(१ को महत्त्वपूर्ण जित दर्ता गरेको छ।

समूह ‘ए’ अन्तर्गत बिहीबार राति भएको खेलमा मियामी एक गोलले पछि परेको स्थितिबाट शानदार पुनरागमन गर्दै विजयी भएको हो। खेलको आठौं मिनेटमा सामु आघेहोवाको पेनाल्टी गोलबाट पोर्टोले सुरुवाती अग्रता लिएको थियो।

advertisement

दोस्रो हाफमा इन्टर मियामीले दुई गोल फर्काउँदै खेल आफ्नो पक्षमा पार्यो। ४७ औं मिनेटमा टेलास्को सेगोभियाले गोल गर्दै खेल बराबरीमा ल्याए। त्यसको ठीक ७ मिनेटपछि, खेलको ५४ औं मिनेटमा मेस्सीले पेनाल्टी क्षेत्र नजिकैबाट पाएको फ्रिकिकलाई सुन्दर ढंगले ‘फर्स्ट बार’ मा गोल गर्दै मियामीलाई अग्रता दिलाए, जुन गोल नै निर्णायक बन्यो।

समूह ‘ए’ कै अर्को खेलमा पाल्मेरसले अल आहलीलाई २(० ले पराजित गरेको छ। यस जितसँगै इन्टर मियामी र पाल्मेरस दुवैको ४(४ अंक भएको छ, जबकि पोर्टो र अल आहलीको १-१ अंक छ।

समूह ‘बी’ अन्तर्गत भएको अर्को खेलमा एटलेटिको म्याड्रिडले सिआटल साउन्डर्सलाई ३-१ ले हराएको छ।

 

प्रकाशित मिति: ६ असार २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com