काठमाडौं । पहिरोले राप्ती राजमार्ग गएराति १० बजेदेखि अवरुद्ध भएको छ । अविरल वर्षाका कारण कपुरकोट गाउँपालिका(३ चोरखोलामा पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको हो ।
कपुरकोटबाट साततले निस्कने वैकल्पिक मार्गसमेत बर्सातका कारण गाडी चल्न नसक्ने भएपछि यात्रुहरु अलपत्र परेका छन् । कतिपय नजिकका यात्रु भने हिँडेर आउजाउ गर्न बाध्य छन् ।
लगातारको वर्षाले पहिरो खसेको र सम्बन्धित निकायको डोजर, एक्स्काभेटरले पहिरो पन्छाउने काम गरे पनि माथिबाट ढुंगामाटो खसिरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरिक्षक रेशमबहादुर खत्रीले बताए । उनका अनुसार आज बिहानैदेखि पहिरो पन्छाउने काम भइरहेको छ ।
प्रकाशित मिति: ६ असार २०८२, शुक्रबार













प्रतिक्रिया