काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्य तोलामा ८०० रुपैयाँ घटेको हो । जसअनुसार शुक्रबार छापावाल सुन तोलाको १ लाख ९४ हजार ७०० रुपैयाँ कायम भएको छ । बिहीबार सुन प्रतितोला १ लाख ९५ हजार ५०० रुपैयाँ कायम भएको थियो ।
यस्तै, चाँदीको मूल्य २ हजार १५० रुपैयाँ कायम भएको छ । बिहीबार चाँदी प्रतितोलामा २ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित मिति: ६ असार २०८२, शुक्रबार












प्रतिक्रिया