काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दैलेखमा हालै पुष्टि भएको भूमिगत ग्यास भण्डारणबारे खुसी व्यक्त गरेका छन्।
फेसबुकमार्फत प्रतिक्रिया जनाउँदै ओलीले आफू प्रधानमन्त्री रहेको समय दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण सुरु गराएको स्मरण गरेका छन्।
उनले लेखेका छन्, “दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण आरम्भ गरेका ती दिनहरू आज फेरि मानसपटलमा ताजा भएका छन्। त्यो बेला समर्थन र विरोधका अनेक आवाज उठेका थिए। अहिले ११२ अर्ब घनमिटर ग्यास रहेको खबरले ती दिनहरूको सम्झना गराएको छ। यो साँच्चै खुसीको खबर हो।”
ओली नेतृत्वको सरकारले आफ्नो कार्यकालमा चीन सरकारको प्राविधिक सहयोगमा दैलेखसहितका केही पहाडी जिल्लामा भौगर्भिक परीक्षण गर्दै पेट्रोलियम स्रोतको खोजी थालेको थियो। हालै दैलेखको जलजले क्षेत्रमा विशाल मात्रामा मिथेन ग्यासको भण्डारण भेटिएको पुष्टि भएको छ।
प्रकाशित मिति: ६ असार २०८२, शुक्रबार













प्रतिक्रिया