काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरूले पुनः विरोध प्रदर्शन गरेका छन्।
बैठक सुरु भएपछि दुवै पार्टीका सांसदहरूले नाराबाजी गर्दै सदनको कार्य सञ्चालन अवरुद्ध गरे। सभामुख देवराज घिमिरेले बारम्बार आग्रह गरे पनि उनीहरू आफ्नो स्थानमा नबसी विरोधमै उत्रिएपछि बैठक प्रभावित भयो।
स्थिति नियन्त्रणमा लिन सभामुख घिमिरेले आजको कार्यसूचीमा समावेश गरिएको प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम हटाइएको जानकारी दिए।
प्रकाशित मिति: ६ असार २०८२, शुक्रबार













प्रतिक्रिया