काठमाडौं । काठमाडौं उपत्यकाको चक्रपथ भित्र लगाइएको निषेधाज्ञा हटाइएको छ। जिल्ला प्रशासन कार्यालय, काठमाडौंले बिहीबार एक सूचना जारी गर्दै उक्त निषेधाज्ञा फिर्ता लिएको जानकारी दिएको हो।
पूर्वराजा समर्थकहरूको प्रदर्शन तीव्र भएपछि जेठ १८ गते प्रशासनले चक्रपथसहित त्यस भित्रका सार्वजनिक स्थलहरूमा प्रदर्शन निषेध गर्दै निषेधाज्ञा जारी गरेको थियो। तीन स्थानबाहेक अन्यत्र प्रदर्शनमा रोक लगाइएको थियो।
हाल उक्त प्रदर्शन शान्त भएपछि प्रशासनले निषेधाज्ञा हटाउने निर्णय गरेको हो। सहायक प्रमुख जिल्ला अधिकारी अशोककुमार भण्डारीद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ कि अब चक्रपथ क्षेत्रभित्रका सबै सार्वजनिक स्थलहरूमा जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी कार्यक्रम गर्न सकिनेछ।
प्रकाशित मिति: ६ असार २०८२, शुक्रबार













प्रतिक्रिया