काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो स्थापना दिवस यसपटक विशेष ढंगले मनाएको छ। पार्टी अध्यक्ष रवि लामिछानेविरुद्ध सरकारले गरेको कानुनी कारबाहीप्रति विरोध जनाउँदै रास्वपाले माइतीघर मण्डलामा हस्ताक्षर संकलन कार्यक्रम आयोजना गरेको हो।

तीन वर्षअघि स्थापना भएको रास्वपाले यसअघि भव्य कार्यक्रममार्फत स्थापना दिवस मनाउँदै आएको थियो। तर, यसपटक पार्टी सभापति लामिछाने थुनामा रहेका कारण सादा तर सशक्त विरोधसहित दिवस मनाइएको हो।

advertisement

कार्यक्रममा बोल्दै पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले सरकार र सत्तारूढ दलहरू रास्वपाको चमत्कारिक उदयसँग भयभीत भएको आरोप लगाए। उनले भने, “रास्वपाको लोकप्रियता र गतिशीलतालाई रोकिन्छ कि भनेर सरकार आफैं हतारिएकाे देखिन्छ। त्यसै कारण सभापतिलाई कानुनी फन्दामा पारिएको हो।”

रास्वपाले लामिछानेविरुद्ध भएको भनिएको ‘राजनीतिक प्रतिशोध’को विरोधमा देशभरबाट लाखौं नागरिकको हस्ताक्षर संकलन गर्ने योजना सार्वजनिक गरेको छ। उक्त अभियानलाई प्रभावकारी बनाउन पार्टीले सहयोगका लागि चन्दा संकलनसमेत सुरू गरेको छ।

पार्टीले यो अभियानलाई भ्रष्टाचारविरुद्धको चेतना जगाउने र न्यायको पक्षमा जनदबाब सिर्जना गर्ने अवसरको रूपमा लिएको जनाएको छ।

प्रकाशित मिति: ७ असार २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com