काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल सोमबारसम्म विशेष अदालतमा उपस्थित हुने भएका छन्। पतञ्जली जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको भ्रष्टाचार मुद्दामा उनी अदालतमा हाजिर हुन लागेका हुन्।

करीब दुई साता अघि अख्तियारले नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो। पूर्वप्रधानमन्त्री नेपालमाथि १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बराबरको विगो र जरिवानासहित सजाय माग गर्दै मुद्दा दायर गरिएको हो।

advertisement

एकीकृत समाजवादीसँग आबद्ध वरिष्ठ अधिवक्ता तथा एसपीएलएका अध्यक्ष डा. डेकेन्द्रराज सुवेदीका अनुसार, अदालतबाट म्याद जारी हुनु पूर्व नै माधव नेपाल कानुनी प्रक्रियामा सहयोग गर्न स्वेच्छाले अदालतमा उपस्थित हुने भएका हुन्।

“सोमबारसम्म उहाँ उपस्थित हुनुहुन्छ,” सुवेदीले भने, “अहिलेसम्म म्याद पुर्जी काटिएको छैन, तर हामी कानुनी तयारीमा जुटिरहेका छौं।”

उनका अनुसार, नेपालका तर्फबाट बहस गर्ने कानुनी टोली पनि तयार पारिएको छ। नेपाल अदालतमा उपस्थित भएपछि प्रारम्भिक बयान लिने प्रक्रिया सुरु हुनेछ। त्यसपछि मुद्दाका कागजात, प्रमाण र कानुनी बहसमा केन्द्रित चरण अगाडि बढ्नेछ।

प्रकाशित मिति: ७ असार २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com