काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले आफ्नो पार्टीको नेतृत्वमा सरकार बनेको दिन भ्रष्टाचारीहरु ओपन बोर्डरबाट भागाभाग गर्ने टिप्पणी गरेका छन् ।

आज (शनिबार) तेस्रो पार्टी स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘एक दिन यस्तो दिन आउनेछ, उनीहरुलाई मैले त भन्ने गरेको थिएँ, यो देशमा कुनै बेला धेरै जेलहरु बनाउनुपर्ला । पछिल्लो समय लाग्यो, हामी त खुला बोर्डरमा छौं । जेल बनाउने पैसा नै बच्ने रहेछ । भ्रष्टाचारीहरु त ओपन बोर्डरबाट भागाभाग गर्नेरहेछन् जब हाम्रो उपस्थिति हुन्छ,’– उनले भने ।

advertisement

नेता अर्यालाले पार्टी सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध साधिएको दाबी गरे । लामिछानेमाथि राजनीतिक प्रतिशोध साधिएको हो भन्ने कुरा रास्वपाका नेता र शुभचिन्तकले मात्रै नभएर विदेशीहरुले समेत भन्ने थालेको र उक्त कुरा स्थापितसमेत भइरहेको उनले बताए ।

‘रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध भएको हो भन्ने कुरा अब रास्वपाका नेताहरुले, शुभचिन्तकहरुले भन्नुपर्दैैन । यो देशमा एउटा नयाँ नेता जन्मिएको थियो र त्यो नेतालाई अगाडि बढ्न दिइएन, स्ुशासन कायम गर्न दिइएन, भ्रष्टाचारको अन्त्य गर्ने जुन अभियान बोकेर हिँडेको थियो, त्यसलाई अगाडि बढ्न दिइएन भनेर संसारले भनिरहेको छ । नेपालको समृद्धिको लागि, नेपालको सुशासनको लागि, नेपालको हितको लागि सोचिरहेको नेपालीले मात्रै होइन, अब विदेशीले पनि चिनिसकेका छन्, बुझिसकेका छन्, रास्वपाका सभापतिमाथि राजनीतिक प्रतिशोध भएको कुरा स्थापित भएको छ,’– उनले भने ।

प्रकाशित मिति: ७ असार २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com