काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली समाजमा अनुशासनको कमी रहेको उल्लेख गर्दै अनुशासनलाई योगको पहिलो र अनिवार्य सूत्र भएको बताएका छन्। शनिवार ललितपुरमा आयोजित ११औँ अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा बोल्दै उनले अनुशासनविनाको समाजले शान्ति र समृद्धि हासिल गर्न नसक्ने स्पष्ट पारे।

उनका अनुसार आजको विश्वले अहिंसा, सहिष्णुता र शान्तिको अभाव भोगिरहेको छ र त्यसको भरपर्दो समाधान योगमै निहित छ। “हतियार बोकेका, घमण्डले भरिएका मानिसहरूले योगको मर्म बुझ्न जरुरी छ,” प्रधानमन्त्री ओलीले भने, “मानव जातिको अहंकार नै अहिलेको सबैभन्दा ठूलो खतरा बनेको छ।”

advertisement

प्रधानमन्त्री ओलीले आवश्यकता नभएका वस्तु र लोभमा नलाग्न सुझाव दिँदै, जीवनलाई सरल, अनुशासित र आत्मनियन्त्रित बनाउन योगको अभ्यास अनिवार्य भएको बताए। “योग केवल शारीरिक अभ्यास मात्र होइन, यो जीवनको सही मार्ग हो,” उनले जोड दिए।

 

प्रकाशित मिति: ७ असार २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com