काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकमा विद्यमान भ्रष्टाचारको जड नै वर्तमान व्यवस्था भएको बताएका छन्।

शनिबार काठमाडौंमा आयोजित ‘विद्यार्थीसँग जनप्रतिनिधि : विचार विमर्श’ कार्यक्रममा बोल्दै उनले व्यवस्था परिवर्तन नगरी देशबाट भ्रष्टाचार अन्त्य गर्न नसकिने स्पष्ट पारे।

advertisement

उनका अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतका संवैधानिक निकायहरूमा पदाधिकारी नियुक्त गर्दा प्रमुख राजनीतिक दलहरूले भागबण्डाको आधारमा व्यक्ति चयन गर्ने परिपाटीले ती निकायको निष्पक्षता समाप्त भएको छ। यस्ता नियुक्तिबाट भ्रष्टाचारीहरूलाई कारबाहीको दायरामा ल्याउने सम्भावना न्यून हुने उनले बताए।

लिङ्देनले वर्तमान संविधान र त्यसलाई निर्माण गर्ने नेताहरू स्वयं पनि समस्याको जड भएको टिप्पणी गरे। “आज देशमा भ्रष्टाचार छैन भन्ने ठाउँ नै छैन,” भन्दै उनले शासन प्रणालीको कमजोरीले भ्रष्टाचारलाई संस्थागत बनाएको बताए।

उनले संघीय संरचना लागू गरेपछि जनप्रतिनिधिको संख्या अत्यधिक बढेको उल्लेख गर्दै ती सबैलाई सुविधा दिन सरकारले वैदेशिक ऋण लिनुपर्ने अवस्था सिर्जना भएकोप्रति चिन्ता व्यक्त गरे।

अध्यक्ष लिङ्देनले समग्र व्यवस्था परिवर्तन बिना मुलुकको समृद्धि सम्भव नरहेको दोहोर्‍याए।

 

प्रकाशित मिति: ७ असार २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com