काठमाडौं । एसीसी यू १६ इस्ट जोन कप आइतबारदेखि मलेसियामा सुरु हुँदैछ । जुलाई ५ सम्म चल्ने प्रतियोगितामा नेपालसहित १० देशले सहभागिता जनाएका छन् ।

प्रतियोगिताअन्तर्गत पहिलो खेल नेपाल र सिंगापुरबीच हुनेछ । उक्त खेल वाईएसडी यूकेएम ओभल बांगीमा नेपाली समयअनुसार बिहान पौने ८ बजे सुरु हुनेछ । उक्त प्रतियोगितामा नेपालको कप्तानी विपीनकुमार शर्माले गर्नेछन् ।

advertisement

प्रतियोगितामा सहभागी १० देशलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा नेपालसहित सिंगापुर, इन्डोनेसिया, भुटान र जापान छन् । समूह ‘बी’ मलेसिया, हङकङ, माल्दिभ्स, थाइल्यान्ड र म्यानमार छन् । दुवै समूहका विजेता र उपविजेता सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

नेपाली यू १६ टोली

 

विपीनप्रसाद शर्मा (कप्तान), सूर्यांशु कोइराला (उपकप्तान), शिवांश बजगाई (विकेटकिपर), परिमार्जन यादव (विकेटकिपर), रौनक श्रीवास्तव, अभय यादव, सचिन भट्ट, सुगम बुढाथोकी, सुयोग भट्टराई, सुशील रावल, शुभम खनाल, प्रसिद्ध जयशी, जय थापा र रोशन शाही ।

प्रकाशित मिति: ७ असार २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com