काठमाडौं । इजरायल–इरान युद्धका कारण इरानमा रहेका नेपाली नागरिकको उद्धार गरिने भएको छ । भारत सरकारको सहयोगमा उनीहरुको उद्धार गरिने परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जानकारी दिइन्।
इरानमा रहेका १६ जना नेपालीको उद्धारका निम्ति आफूले भारत सरकारसँग अनुरोध गरेको बताउँदै उनले सो विषयमा भारत सरकार सकारात्मक रहेको बताइन् ।
भारतका लागि नेपाली राजदूत डा. शंकर शर्मा पनि नेपाली नागरिकको उद्धारका लागि भारत सरकारसँग निरन्तर सम्पर्क र समन्वयमा रहेका छन् । तेहरानस्थित भारतको दूतावासले आफ्ना नागरिकको उद्धार गर्दैछ ।
यस क्रममा सो दूतावासले नेपाली नागरिकलाई पनि सम्पर्कमा आउन सूचना जारी गरेको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले इरानमा रहेका नेपालीको उद्धारका लागि त्यहाँस्थित भारतीय दूतावासका उपप्रमुखसँग सम्पर्क र समन्वय भइरहेको बताए ।
प्रकाशित मिति: ७ असार २०८२, शनिबार













प्रतिक्रिया