काठमाडौं । एसीसी यू-१६ इस्ट जोन कप अन्तरगत पहिलो खेलमा नेपालका ओपनर सुर्यान्सु कोइराला घाइते भएका छन् । उनी ब्याटिङ गर्ने क्रममा मैदानमै ढलेका थिए ।

सिंगापुरले पहिलो ब्याटिङ गर्दै नेपाललाई १३६ रनको सामान्य लक्ष्य दिएको थियो । जवाफी ब्याटिङमा नेपालका सुर्यान्सु कोइराला र प्रसिद्ध जैसीले नेपालको इनिङ सुरुवात गरे । तर सुर्यान्सु रिटायर्ड हर्ट भएपछि नेपाललाई झट्का लागेको छ ।

advertisement

दोस्रो ओभरको खेल चल्दा सुर्यान्सु घाइते भएका हुन् । १.२ ओभरमा बलरले नोबल फ्याकेका थिए । अघिल्लो ओभरमा लगातार दुई चौका हानेका सुर्यान्सुले ‘नो बल’ लाई छक्काका लागि लङ अनमा उडाउने प्रयास गरे । कनेक्ट पनि भयो, तर फिल्डरले बाउन्ड्री नजिक बल रोके । यता सुर्यान्सु भने सट हान्नासाथ मैदानमा ढल्न पुगेका थिए । उनको सम्भवतः सट हान्दा उनको हात सड्किएको थियो ।

मेडिकल टिम आएर सुर्यान्सुलाई प्राथमिक उपचार गरे पनि उनी खेल्न सकेनन् । उनलाई मैदानबाहिर लगिएको छ । यो समाचार बनाउँदासम्म नेपालले ७ ओभरमा विनाविकेट क्षति ३६ रन बनाएर खेलिरहेको छ । सुर्यान्सु फेरि मैदानमा फर्किन सक्छन् वा सक्दैनन् भन्नबारे केही बताइएको छैन ।

प्रकाशित मिति: ८ असार २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com