काठमाडौँ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले अमेरिकाद्वारा इरानमाथि गरिएको हवाई आक्रमणप्रति गहिरो चिन्ता व्यक्त गरेका छन्। उनले यस कदमले खाडी क्षेत्रको तनावलाई खतरनाक रुपमा चुल्याएको भन्दै विश्वमै विनाशकारी परिणामको सुरुवात हुन सक्ने चेतावनी दिएका छन्।

गुटेरेसले सामाजिक सञ्जालमार्फत वक्तव्य जारी गर्दै भनेका छन्, “आज अमेरिकाले इरानमाथि गरेको सैन्य आक्रमणप्रति म गम्भीर रूपमा चिन्तित छु। यो कदमले पहिल्यै तनावग्रस्त रहेको क्षेत्रमा जोखिम बढाएको छ र यसले अन्तर्राष्ट्रिय शान्ति तथा सुरक्षामाथि प्रत्यक्ष असर पार्नेछ।”

advertisement

उनले खाडी क्षेत्रमा जारी तनाव चाँडै नियन्त्रणबाहिर जान सक्ने सम्भावना औँल्याउँदै यसले सर्वसाधारण नागरिक, सम्पूर्ण क्षेत्र तथा विश्वकै लागि भयावह परिणाम निम्त्याउन सक्ने खतरा रहेको उल्लेख गरेका छन्।

गुटेरेसले सबै सदस्य राष्ट्रहरूलाई संयम अपनाउन, तनाव घटाउन तथा संयुक्त राष्ट्रसंघको चार्टर र अन्तर्राष्ट्रिय कानुनअनुसार आफ्नो दायित्व निर्वाह गर्न आग्रह गरेका छन्।

उनले समाधानको एकमात्र उपाय शान्तिपूर्ण कूटनीति रहेको भन्दै सैन्य बलको प्रयोग नगर्न पनि अन्तर्राष्ट्रिय समुदायलाई अपिल गरेका छन्। “शान्ति नै एक मात्र विकल्प हो,” महासचिव गुटेरेसले भने।

प्रकाशित मिति: ८ असार २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com