एजेन्सी । दक्षिणी ब्राजिलमा हट एयर बेलुन दुर्घटना हुँदा कम्तीमा आठ जनाको मृत्यु भएको छ । सान्टा क्याटररिना राज्यका गभर्नर जोर्गिन्हो मेलोले दुर्घटनाबारे जानकारी गराएका हुन् । दुर्घटनामा परेको बेलुनमा २१ जना सवार थिए । शनिबार बिहान प्राइया ग्रान्डे सहरमा यो घटना भएको थियो ।

पाइलट समेत अरू १३ जना भने बाँच्न सफल भएको बताइएको छ । हट एयर बेलुन र यसका क्रुको अवस्थाबारे छानबिन गर्न आवश्यक सबै कदम चालिने ब्राजिलको राष्ट्रिय नागरिक उड्डयन एजेन्सी (अनाक)ले बताएको छ ।

advertisement

पाइलटका अनुसार बक्साभित्रबाट आगो बल्न सुरू भएपछि उनले बेलुनलाई तलतिर झार्दै थिए । बेलुन जमिनको निकै नजिक पुग्दा ती पाइलटले  मानिसहरूलाई बेलुनबाट हामफाल्न भनेका थिए । सोही अनुसार केहीले हामफाले भने कतिपयले हाम फाल्न सकेनन् ।

त्यति नै बेला आगो दन्किन थाल्यो । तौलको कारण बेलुन फेरि माथितिर गयो । सस्पेन्सन नहुँदा पछि बेलुन भुँइमा खस्यो । मृत्यु हुनेमा दुई दम्पती, एक जना आमा र छोरी, एक जना नेत्र रोग विशेषज्ञ र चर्चित स्केटर भएको बताइएको छ ।

जीवितहरूलाई तत्कालै नजिकको अस्पतालमा लगिएको थियो । बेलुन टूर गराउने कम्पनीको गतिविधि अनिश्चित समयको लागि स्थगित गरिएको छ ।

प्रकाशित मिति: ८ असार २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com