काठमाडौं । ६० किलो सुन तस्करी प्रकरणमा २ लाख धरौटी तिरेर रिहा भए लगत्तै अमला रोकालाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौँ जिल्ला अदालतले उनलाई ६१ किलो सुन तस्करी प्रकरणमा सोमबार २ लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएकोमा धरौटी तिरेर रिहाई भए लगत्तै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सीआईबी को टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।
उनलाई सम्पत्ति शुद्धीकरण विभागबाट पत्र आएकाले पक्राउ गरेर विभागको जिम्मा लगाइएको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबी का प्रवक्ता एवं प्रहरी उपरीक्षक ९एसपी० युवराज खड्काले जानकारी दिए । सीआईबीले गत शुक्रबार रोकालाई काठमाडौँको टोखाबाट पक्राउ गरेको थियो ।
प्रकाशित मिति: ९ असार २०८२, सोमबार













प्रतिक्रिया