काठमाडौं । इजरायल र इरानबीचको द्धन्द्धपछि इजरायलबाट स्वदेश फर्किन झन्डै ९ सय जना नेपालीले आफ्नो नाम टिपाएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
प्रतिनिधिसभामा बोल्दै परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले इजरायलबाट नेपाल फर्कन ८ सय ८५ जनाले विवरण सम्वन्धित पोर्टलमा भरेको जानकारी दिएकी हुन् ।
दुई देशबीचको युद्धका कारण प्रभावित क्षेत्रमा रहेको नेपाली नागरिकको सुरक्षालाई सरकारले प्राथमिकतामा राखेको मन्त्री राणाको भनाइ छ ।
प्रकाशित मिति: ९ असार २०८२, सोमबार













प्रतिक्रिया