काठमाडौं । मोहम्मद आफताब आलमलाई सफाइ दिने उच्च अदालतका न्यायाधीशविरुद्ध न्यायपरिषद्मा अर्को उजुरी परेको छ।
नेपाली कांग्रेसका पूर्वसांसदसमेत रहेका आलमलाई सफाई दिएका न्यायाधीशद्वय डा। खुशीप्रसाद थारू र अर्जुन महर्जनविरुद्ध न्यायपरिषद्मा थप उजुरी परेको हो।
जाहेरीकर्तामध्येका एक शैलेन्द्र शाहले न्यायपरिषद् सचिवालयमा आज उजुरी दर्ता गर्दै बदनियतपूर्वक फैसला गरिएको आरोप लगाएका छन्। उनले न्यायाधीशहरूलाई कारबाही गर्न मागसमेत गरेका छन्।
शाहका अनुसार आलमसहितलाई उन्मुक्ति दिने उद्देश्यले घटना नै नभएको ठहर गर्दै फैसला गरिएको हो। उनले कांग्रेस सभापति शेरबहादुर देउवाको ुआलमलाई जसरी पनि निकाल्छु’ भन्ने अभिव्यक्तिपछि मुद्दा प्रभावित भएको दावीसमेत गरेका छन्।
शाहले न्यायाधीशहरू र कानुनमन्त्री अजयकुमार चौरसियाबीचको कल डिटेल रेकर्ड मागेर छानबिन गर्नुपर्ने माग पनि गरेका छन्। शाह आफैँ घटनाका प्रत्यक्षदर्शी र सरकारी साक्षीसमेत हुन्।
प्रकाशित मिति: ९ असार २०८२, सोमबार













प्रतिक्रिया