काठमाडौं । उज्वेकिस्तानमा हुने एएफसी महिला एसियन कप छनोट फुटबल खेल्ने नेपाली टोलीको बिदाई गरिएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले सोमबार टोलीलाई बिदाई गरेको हो ।

असार १५ गतेदेखि हुने उक्त छनोटमा नेपाल समूह ‘एफ’मा छ । उक्त समूहमा नेपालसहित उज्वेकिस्तान, लाओस र श्रीलंका छन् । नेपालले पहिलो खेल असार १५ मा लाओससँग खेल्नेछ । दोस्रो खेल असार १८ गते श्रीलंका र तेस्रो खेल असार २१ गते उज्वेकिस्तानसँग खेल्नेछ ।

advertisement

उक्त प्रतियोगिताका लागि एन्फाले अञ्जिला तुम्बाप्पो सुब्वाको कप्तानीमा २३ सदस्यीय नेपाली टोलीको घोषणा गरिसकेको छ । टोलीमा गोलकिपर कप्तान सुब्बासँगै अञ्जना रानामगर र उषा नाथ छन् ।

त्यस्तै, डिफेन्डरमा अमृता जैशी, प्रतीक्षा चौधरी, गीता राना, विमला विक, पूजा राना, निशा थोकर, समीक्षा घिमिरे, विमला चौधरी र मनमाया दमाई रहेका छन् ।

मिडफिल्डरमा अनिता बस्नेत, रेनुका नगरकोटे, प्रीति राई, सरु लिम्बू, सविता रानामगर र सरस्वती हमाल छन् भने फरवार्डमा सावित्रा भण्डारी, रश्मीकुमारी घिसिङ, चन्द्रा भण्डारी, अनिता केसी र रेखा पौडेल छन् ।

May be an image of 7 people and text

 

प्रकाशित मिति: ९ असार २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com