काठमाडौं । नेपाल प्रिमियर लिग एनपिएलको दोस्रो सिजनका लागि चितवन राइनोजले ६ खेलाडी रिटेन गरेको छ।
चितवनले अघिल्लो सिजनका मार्की खेलाडी अलराउन्डर कुशल मल्लसहित तीव्र गतिका बलर रिजन ढकाल, दिपक बोहरा, अमरसिंह रटेउला, कमलसिंह ऐरी र गौतम केसीलाई रिटेन गरेको छ।
अघिल्लो सिजन टोलीमा रहेका विपिन रावल, दिपेश श्रेष्ठ, रञ्जित कुमार, सन्तोष कार्की र शरद भेष्वाकर भने रिलिज भएका छन्।
नेपाल प्रिमियर लिगको मिनि अक्सन हुनुअघि टोलीहरूले खेलाडीहरु रिटेन र रिलिज थालेका हुन्। यसअघि सुदूरपश्चिम रोयल्सले दीपेन्द्रसिंह ऐरीसहित विनोद भण्डारी, आरिफ शेख, अविनाश बोहरा, ईशान पाण्डे र नरेन साउदलाई रिटेन गरेको थियो।
दोस्रो सिजन आगामी अगस्टमा गर्ने नेपाल क्रिकेट संघको तयारी छ।
प्रकाशित मिति: ९ असार २०८२, सोमबार













प्रतिक्रिया