काठमाडौं । आज देशैभरिका सबै स्थानीय तहले बजेट सार्वजनिक गर्दैछन्।
आर्थिक वर्ष २०८२र०८३ का लागि देशभरका सातसय ५३ स्थानीय तहले मंगलबार बजेट सार्वजनिक गर्न लागेका हुन्।
सघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलका अनुसार सातसय ५३ पालिकामध्ये सोमबारसम्म ४० स्थानीय तहले बजेट सार्वजिनक गरिसकेका छन्।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ र अन्तर सरकार वित्त व्यवस्थापन ऐन, २०७४ को दफा २१ मा भएको व्यवस्थाअनुसार प्रत्येक वर्ष असार १० गतेभित्र स्थानीय तहले आर्थिक वर्षको राजस्व र व्यय ९बजेट०को अनुमान सम्बन्धित गाउँ वा नगर सभामा पेस गर्नुपर्ने प्रावधान छ।
असार १० गतेभित्रै सबै स्थानीय तहले नीति तथा कार्यक्रम ल्याउनुपर्ने र असार मसान्तसम्म बजेट पारित गर्नुपर्ने कानुनी व्यवस्था छ।
प्रकाशित मिति: १० असार २०८२, मंगलबार












प्रतिक्रिया