काठमाडौं । पूर्वपश्चिम राजमार्गको विनयीत्रिवेणी खोलाको डाइभर्सन भत्काएपछि सडक डिभिजन कार्यालयले अब डाइभर्सन बनाउने काम बन्द गरेको छ । डाइभर्सन बन्द भएपछि बुटवल–नारायणगढ सडकखण्डमा यातायात बन्द भएको प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेले बताए ।

जति पटक डाइभर्सन बनाएर यातायात सञ्चालन गराए पनि बाढीले फेरि बगाउने हुँदा यातायात नै बन्द गरी वैकल्पिक बाटोबाट यात्रा गर्न प्रशासनले सबैसँग अपिल गरेको छ । गत आइतबार निर्माण गरेर यातायात सञ्चालन गरिएको दुम्कीबासस्थित विनयीत्रिवेणी खोलाको डाइभर्सन सोमबार बिहान बगाएपछि यातायात सञ्चालन नगर्न स्थानीय प्रशासनले अपिल गरेको प्रहरी उपरीक्षक यादव ढकालको भनाइ छ ।

advertisement

आइतबार त्यहाँबाट दुई सय गाडी वारपार गराइएको थियो तर खोलामा आएको बाढीले राति नै डाइभर्सन बगाएको इलाका प्रहरी कार्यालय दुम्कीबासका प्रहरी निरीक्षक राजन तिमिल्सनाले बताए ।

यसै गरी दाउन्ने खण्डको दुम्कीबासदेखि बर्दघाटसम्मको १४ किलोमिटर बाटो भत्काएपछि यातायात बन्द भएको प्रहरीले जनाएको छ ।

नवलपरासी पूर्वको तीन ठाउँ उच्च जोखिममा रहेकाले यातायात बन्द गरी वैकल्पिक यात्रा गर्न स्थानीय प्रशासन, राजनीतिक दल र ठेकेदार कम्पनीले सबैसँग आग्रह गरेका जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

 

प्रकाशित मिति: १० असार २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com