काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा प्रस्तावित युद्धविराम सम्झौता स्वीकार गरेका छन्। प्रधानमन्त्रीको कार्यालयले मंगलबार एक विज्ञप्ति जारी गर्दै नेतन्याहुले ट्रम्पको प्रस्तावमा सहमति जनाएको पुष्टि गरेको हो।

प्रधानमन्त्री कार्यालयका अनुसार नेतन्याहुले चाँडै नै औपचारिक वक्तव्य सार्वजनिक गर्ने तयारी गरेका छन्।

advertisement

ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ‘ट्रुथ सोसल’ मा युद्धविराम सुरु भइसकेको उल्लेख गर्दै सबै पक्षलाई सम्झौताको उल्लंघन नगर्न आग्रह गरेका थिए। उनले लेखेका छन्, “युद्धविराम अब सुरु भइसकेको छ। कृपया यसको उल्लंघन नगर्नुहोस्!”

ट्रम्पले यसअघि पनि ट्रुथ सोसलमै इजरायल र इरानबीच युद्धविराममा सहमति भएको घोषणा गरेका थिए।

युद्धविरामको घोषणाअघि इजरायलले तेहरानमा क्षेप्यास्त्र आक्रमण गरेको थियो, जसको जवाफमा मंगलबार बिहान इरानले इजरायली भूमीतर्फ मिसाइल प्रहार गरेको थियो। इरानी आक्रमणमा चार जनाको ज्यान गएको पुष्टि भएको छ।

इरानको सरकारी सञ्चारमाध्यमका अनुसार युद्धविराम लागु हुनुअघि इरानले ‘मिसाइल आक्रमणको अन्तिम चरण’ सम्पन्न गरेको थियो।

यस्तै, इरानी समाचार संस्था तास्नीमका अनुसार इजरायली हवाई आक्रमणले उत्तरपश्चिमी गिलान प्रान्तमा रहेका चार आवासीय भवनहरूलाई लक्षित गर्दा कम्तीमा नौ सर्वसाधारणको मृत्यु भएको छ। क्षेत्रीय गभर्नरलाई उद्धृत गर्दै समाचारमा भनिएको छ कि आक्रमणका कारण वरपरका घरहरूमा व्यापक क्षति पुगेको छ।

आक्रमणमा ३३ जना घाइते भएका छन्, जसमध्ये पाँच जनालाई अस्पतालमा भर्ना गरिएको छ। घाइते तथा मृतकमध्ये १६ जना महिला र बालबालिका रहेका छन्।

युद्धविरामपछि समेत स्थिति संवेदनशील रहेको र दुबै पक्षलाई संयम अपनाउन अन्तर्राष्ट्रिय समुदायले आग्रह गरिरहेको छ।

प्रकाशित मिति: १० असार २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com