काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भिजिट भिसा प्रकरणमा आफूहरूले उठाएका मागअनुसार नै छानबिन समिति गठन गरिएको स्पष्ट पारेका छन्।

मंगलबार नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसँगको भेटपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)प्रति आफू सधैं निष्पक्ष रहने प्रयासमा रहेको बताए।

advertisement

“रास्वपा र रवि लामिछानेप्रति अन्याय नहोस् भन्ने मान्यता राखेर म अन्तिमसम्म लागिरहेँ, अहिले पनि लागिरहेकै छु,” प्रचण्डले भने, “रास्वपाका साथीहरूले एकदिन अवश्य बुझ्नेछन्।”

उनले माधव नेपालसँग समाजवादी मोर्चा र दुई दलबीचको आपसी सम्बन्धबारे कुराकानी भएको जानकारी पनि दिए।

रास्वपाले भने सरकारले बनाएको छानबिन समितिमा असहमति जनाउँदै संसद अवरुद्ध गरिरहेको छ।

प्रकाशित मिति: १० असार २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com