काठमाडौं। ओपनर बेन डकेटको सानदार शतकको मद्दतले इंग्ल्याण्डले भारतविरुद्धको पहिलो टेस्टमा सानदार जित हासिल गरेको छ। इंग्ल्याण्डले ३७१ रनको चुनौतीपूर्ण लक्ष्य अन्तिम दिनको अन्तिम सेसनमा ५ विकेटको क्षतिमा पूरा गर्दै सिरिजमा १-० को अग्रता लिएको छ।

अन्तिम दिन २१–० को स्थितिबाट खेल सुरु गरेको इंग्ल्याण्डका लागि बेन डकेटले १४९ रनको उत्कृष्ट इनिङ्स खेले। उनले ओपनर जाक क्रलीसँग पहिलो विकेटका लागि १८८ रनको सानदार साझेदारी गर्दै खेललाई आफ्नो नियन्त्रणमा लिएका थिए। क्रलीले पनि महत्त्वपूर्ण ६५ रनको योगदान दिएका थिए।

advertisement

क्रली ६५ रनमा आउट भएपछि ओली पोप पनि ८ रनमै पेभेलियन फर्किए। डकेट आउट भएपछि भारतले केही समय खेलमा फर्कने प्रयास गर्‍यो। शार्दुल ठाकुरले डकेटलाई आउट गरे लगत्तै ह्यारी ब्रुक पहिलो बलमै शून्यमा आउट भएका थिए।

त्यसपछि जो रुट र कप्तान बेन स्टोक्सले इनिङ्स सम्हाल्दै ४९ रनको महत्त्वपूर्ण साझेदारी गरे। रुट अन्तिमसम्म ५३ रनमा अविजित रहँदा जेमी स्मिथ ४४ रनमा अविजित रहेर इंग्ल्याण्डलाई जितसम्म डोर्‍याए।

यसअघि, भारतले पहिलो इनिङ्समा यशस्वी जयस्वाल, शुभमन गिल र ऋषभ पन्तको शतकको मद्दतले ४७१ रन बनाएको थियो। जवाफमा इंग्ल्याण्डले ओली पोपको १०६ र ब्रुकको ९९ रनको मद्दतले ४६५ रन बनाएको थियो।

दोस्रो इनिङ्समा ६ रनको अग्रताबाट सुरु गरेको भारतले ऋषभ पन्त र केएल राहुलको शतक मद्दतमा ३६४ रन बनाउँदै इंग्ल्याण्डलाई ३७१ रनको लक्ष्य दिएको थियो। तर, बलिङमा भारत सफल हुन सकेन र इंग्ल्याण्डले सानदार जित दर्ता गर्‍यो।

प्रकाशित मिति: ११ असार २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com