काठमाडौं । त्रिभुवन राजपथको मकवानपुरतर्फ सवारी आवागमन दुई दिनका लागि बन्द गरिने भएको छ। मकवानपुरको लामिडाँडा सिमभञ्ज्याङ सडक खण्डमा शुक्रबार र शनिबार सवारी आवागमन बन्द हुने भएको हो।
रानीभञ्ज्याङ मोडमा सडक मर्मत तथा ह्युम पाइप विछ्याउने कार्य गरिने भएकाले सवारी आवागमन बन्द गरिएको मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्र प्रसाद कँडेलले जानकारी दिए। उनका अनुसार दुई दिन दिउँसो १२ देखि ४ बजेसम्म उक्त सडक खण्डमा सवारी आवागमन बन्द हुनेछ।
प्रकाशित मिति: ११ असार २०८२, बुधबार













प्रतिक्रिया