काठमाडौं । बेफिन्का र बायर्न म्युनिख जारी फिफा क्लब विश्वकपको नकआउट चरणमा पुगेका छन्। समूह सी अन्तर्गतको अन्तिम खेलमा बायर्न म्युनिख बेफिन्कासँग स्तब्ध हुदै १–० को हार बेहोरेको थियो।
यस खेलमा खेलको १३औं मिनेटमा एन्ड्रियास स्जेल्डरपले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो। जितपछि समुह सी मा बेफिन्का ३ खेलमा ७ अंकसहित शिर्ष स्थानमा रहदै नक आउट चरणमा पुगेको छ। बायर्न म्युनिख भने ३ खेलमा ६ अंकसहित समुहमा दोस्रो हुदै यस समुहबाट नकआउट चरणमा पुगेको छ।
समुह सी बाट बोका जुनियर्स र अकल्याण्ड सिटी बाहिरिएका छन्। बोका जुनियर्सको ३ खेलमा २ तथा अकल्याण्डको ३ खेलमा एक अंक रहेको थियो। समूह सीको विजेता बेफिन्काले समूह डीको उपविजेतासँग क्वार्टरफाइनल प्रवेशका लागि खेल्नेछ भने बायर्नले विजेतासँग भिड्ने छ।
प्रकाशित मिति: ११ असार २०८२, बुधबार













प्रतिक्रिया