काठमाडौँ । नेपाली बजारमा बुधवार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार छापावाल सुन तोलामा १ लाख ९२ हजार रुपैयाँ कायम भएको छ ।
यसअघि सुन मंगलबार तोलामा १ लाख ९३ हजार ५०० रुपैयाँ कायम भएको थियो । यस आधारमा अघिल्लो दिनको तुलनामा बुधवार छापावाल सुन तोलामा १ हजार ५०० रुपैयाँ घटेको हो ।
यस्तै बुधबार चाँदीको मुल्य २०रुपैयाँले घटेर तोलामा २ हजार १४० रुपैयाँ कायम भएको छ । मंगलबार चाँदी तोलामा २ हजार १६० रुपैयाँ कायम भएको थियो ।
प्रकाशित मिति: ११ असार २०८२, बुधबार












प्रतिक्रिया