काठमाडौं ।  नेपाल प्रीमियर लिग (एनपीएल) को दोस्रो सिजनका लागि लुम्बिनी लायन्सले मार्की खेलाडी रोहित पौडेलसहित ६ खेलाडीलाई रिटेन गरेको छ।

रिटेन गरिएको खेलाडीमा कप्तान रोहित पौडेलसँगै विवेक यादव,सन्दीप जोरा,दिनेश अधिकारी,तिलकराज भण्डारी र अभिषेक गौतम छन्।

advertisement

त्यस्तै सूर्य तामाङ,अर्जुन साउद,दुर्गेश गुप्ता,आशुतोष घिरैया,विकास अग्री र आरिफ खानलाई टिमबाट रिलिज गरिएको क्लबले जानकारी दिएको छ।

लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जीसीले विज्ञप्ति जारी गर्दै टिमका सम्पूर्ण खेलाडीप्रति धन्यवाद व्यक्त गरेका छन्। उनले एपीएलको यात्रा अविस्मरणीय बनाउने सबै खेलाडीको योगदान अमूल्य रहेको उल्लेख गर्दै, “तपाईंहरू सधैं लुम्बिनी परिवारका हिस्सा रहनुहुन्छ,” भनेका छन्।

उनले ‘गर्वको गर्जन’को नारासहित अगाडि बढिरहेको लुम्बिनी लायन्सले नयाँ सिजनमा थप ऊर्जा र आत्मविश्वासका साथ मैदानमा उत्रिने बताए। साथै उनले आगामी सिजनमा समर्थकको निरन्तर साथ र माया पनि अपेक्षा गरेका छन्।

प्रकाशित मिति: ११ असार २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com