काठमाडौं । नेकपा एमालेले पार्टीमा लागू गरिएको ७० वर्षे उमेर सीमा स्थगनसम्बन्धी विषय आगामी भदौमा हुने विधान महाधिवेशनमा टुंगो लगाउने भएको छ।

पार्टीको बुधबार बसेको केन्द्रीय सचिवालय बैठकपछि उपमहासचिव प्रदीप ज्ञवालीले उक्त जानकारी दिएका हुन्। उनका अनुसार १०औँ राष्ट्रिय महाधिवेशनले पार्टीमा ७० वर्षे उमेर सीमा सम्बन्धी व्यवस्था गरेको थियो भने पछि केन्द्रीय समितिबाट उक्त व्यवस्था अस्थायी रूपमा स्थगन गरिएको थियो।

advertisement

ज्ञवालीले भने, “उमेर सीमा सम्बन्धी निर्णय अब विधान महाधिवेशनमार्फत गरिनेछ। के गर्ने भन्ने अधिकार विधान महाधिवेशनलाई हुनेछ। त्यसले लिएको निर्णय नै पार्टीको विधान बन्नेछ।”

उनले उमेर सीमा नीतिगत वा सैद्धान्तिक विषय नभई प्राविधिक र व्यवस्थापकीय विषय भएकाले आवश्यकताको आधारमा निर्णय लिने बताए। “यो विषयलाई लिएर अनावश्यक अनुमान गर्नु आवश्यक छैन,” उनले भने, “आवश्यकता र औचित्यतालाई मध्यनजर गर्दै विधान महाधिवेशनले यथोचित निर्णय गर्नेछ।”

यसअघि पार्टीको केन्द्रीय समितिले उमेर सीमा लागू नगर्ने निर्णय गर्दै त्यसलाई आगामी विधान महाधिवेशनमा टुंगो लगाउने भनेको थियो।

प्रकाशित मिति: ११ असार २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com