काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सैन्य कारबाहीले इरानको आणविक कार्यक्रमलाई दशकौँ पछाडि धकेलेको दाबी गरेका छन्। एक सञ्चारमाध्यमद्वारा सोधिएको प्रश्नको जवाफ दिँदै ट्रम्पले उक्त कारबाहीले इरानको आणविक योजनामा गम्भीर असर पुर्याएको बताए।
उनले भने, “मेरो बुझाइमा इरानको आणविक कार्यक्रम अहिले दशकौँ पछाडि पुगेको छ। उनीहरूले निकै पीडा भोगेका छन्। अब उनीहरूलाई सबैभन्दा चाहिएको कुरा समृद्धि हो। त्यो आक्रमणले वास्तवमै युद्धको अन्त्य गर्यो।”
इरान र इजरायलबीचको जारी द्वन्द्वबारे टिप्पणी गर्दै ट्रम्पले त्यसलाई ‘विद्यालयको आँगनमा झगडा गर्ने दुई बालबालिकाको जस्तो’ भन्दै व्यंग्यात्मक शैलीमा चित्रण गरे।
यसै सन्दर्भमा ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग पनि कुराकानी भएको जनाएका छन्। उनले भने, “मैले पुटिनलाई इरानको होइन, हाम्रो साथ दिन भनेको थिएँ।”
ट्रम्पको उक्त अभिव्यक्तिले इरान–इजरायल तनाव र पश्चिम एसियामा जारी अस्थिरता सम्बन्धी अन्तर्राष्ट्रिय चासोलाई थप उचाल्ने संकेत देखिएको छ।
प्रकाशित मिति: ११ असार २०८२, बुधबार













प्रतिक्रिया