काठमाडौं । करोडौं राजस्वछली सम्बन्धी गम्भीर अभियोग लागेका विवादित व्यापारी कमल किशोर मालपानीसहित नौ जना विरुद्ध फौजदारी अभियोगमा हाल मुद्दा चलिरहेको छ।
मालपानी समूह र सम्बन्धित प्रतिवादीहरूले करोडौंको राजश्वछली गरेको आरोपको फौजदारी प्रकृतिको यो मुद्दा हाल सर्वोच्च अदालतको ‘मुद्दा फाँट ६’ मा प्रक्रियामा रहेको छ। फाँटवाला अधिकृत बिमला कोइरालाको मातहतमा रहेको यस मुद्दामा हालसम्म पाँच पटक पेशी चढिसकेको छ।
न्यायाधीश विनोद शर्मा र टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासले आज (२०८२ असार ११ गते) भएको पछिल्लो सुनुवाइमा “प्रत्यर्थी झिकाउने” आदेश दिएको छ।
प्रतिवादी (प्रत्यर्थी) का रूपमा कमल किशोर मालपानीसहित उमादेवी शर्मा, लक्ष्मण ज्ञवाली, बलराम अधिकारी, श्रवण कुमार बेरिवाल, नारायण प्रसाद श्रेष्ठ, चुन्न प्रसाद पौडेल, राम प्रसाद ढकाल र टान बहादुर पाण्डे रहेका छन्। यी सबैमाथि करोडौं राजस्वछलीको आरोप छ। वादी पक्षको तर्फबाट भने सरकारी वकिल कार्यालयमार्फत मुद्दा अगाडि बढेको छ।

उच्च अदालतको फैसला चित्तबुझ्दो नभएको भन्दै सरकारी वकिल कार्यालयले सर्वोच्चमा मुद्दा दर्ता गरेको थियो। राजश्व छली जस्ता आर्थिक अपराधहरूमा सरकार गम्भीर बन्न थालेको छ।
प्रकाशित मिति: ११ असार २०८२, बुधबार












प्रतिक्रिया