काठमाडौं । ललितपुरको दक्षिणपूर्वी भेगमा रहेको महाङ्काल गाउँपालिका –६ ठूलादुर्लुङमा खोल्सामा आएको बाढीले बगाउँदा सवइञ्जिनियरको मृत्यु भएको छ।

महाङ्काल गाउँपालिका–६ का वडाअध्यक्ष विनोद चौलागाईंले दिएको जानकारीअनुसार मृत्यु हुनेमा सवइन्जिनियर २१ वर्षीय सविन दाहाल छन्।

advertisement

बुधबार साँझ ठूलादुर्लुङस्थित भर्‍याङखोल्सामा आएको बाढीले बगाउँदा महाङ्काल–४ कालेश्वर स्थायी ठेगाना भई हाल ललितपुर महानगरपालिका–२९ हरिसिद्धी बस्ने दाहाल बेपत्ता भएका थिए।

खोलीका क्रममा गएराति १० बजेतिर उनको शव फेला परेको हो। ‘खोल्सामा साँझ साढे सात बजेतिर आएको बाढीले बगाउँदा उहाँ बेपत्ता हुनु भएको थियो। हामीले खोजीको क्रममा राति १० बजेतिर शव फेला परेको हौँ,’ चौलागाईँले भने।

घटनाका सम्बन्धमा थप अनुसन्धान सुरु गरिएको ललितपुर प्रहरीले जनाएको छ।

 

प्रकाशित मिति: १२ असार २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com