काठमाडौं । चालु आर्थिक वर्ष २०८१र८२ को १० महिनामै रेमिट्यान्स विप्रेषण बाट साढे १३ खर्ब रुपैयाँ भित्र्याएको छ। नेपालमा रेमिट्यान्स भित्रिने मात्र होइन नेपालमा काम गर्ने विदेशीले यहाँबाट बर्सेनी ठूलो रकम रेमिट्यान्सका रूपमा लैजाने गरेका छन्।

नेपाल राष्ट्र बैंकका अनुसार चालु आवको साउनदेखि वैशाखसम्मको अवधिमा नेपालमा काम गर्ने विदेशी कामदारले आठ अर्ब ४६ करोड रुपैयाँ आफ्नो मुलुकमा लगेका छन्। उल्लिखित रकम औपचारिक माध्यमबाट बाहिरिएको रकम मात्र हो। अनौपचारिक माध्यमबाट बाहिरिने रकम योभन्दा धेरै ठूलो छ। खासगरी नेपालमा कार्यरत भारतका कामदारले त्यस्तो रकम लैजाने गर्छन्। नगद र अनौपचारिक माध्यमबाट यस्तो रकम बाहिरिने भएकाले यसको औपचारिक तथ्याङ्क छैन।

advertisement

दुई हजारभन्दा बढी विदेशी कामदार नेपालमा अहिले दुई हजारभन्दा बढी विदेशी कामदारले कानुनी रूपमा श्रम अनुमति लिएर काम गरेको पाइएको छ। श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका अनुसार चालु आवको ११ महिनामा दुई हजार ३६७ विदेशी नागरिकले नेपालमा काम गर्ने अनुमति श्रम स्वीकृति लिएका छन्।

यो अवधिमा ८१५ जनाले नयाँ श्रम स्वीकृति र एक हजार ५४२ जनाले पुनः श्रम स्वीकृति लिएका छन्। गत वर्ष सो अवधिसम्म नयाँ र नवीकरण गरी दुई हजार ३३६ श्रम स्वीकृति लिएका थिए । एक वर्षमा ३१ जना विदेशी कामदार बढेको देखिन्छ।

 

प्रकाशित मिति: १२ असार २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com