काठमाडाैं । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका–६ भण्डारमा सर्पको डसाइबाट एक महिलाको मृत्यु भएको छ।

स्थानीय ४६ वर्षीया शान्ति डुम्रेललाई बुधबार राति घरमै भाँडा माझ्ने क्रममा दाहिने खुट्टामा सर्पले डसेको थियो। सर्पदंशपछि तत्कालै कालीगण्डकी अस्पताल, कावासोती लगिए पनि उपचारका क्रममा राति नै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक यादव ढकालले जानकारी दिए।

advertisement

डस्ने सर्पको प्रजाति पहिचान नभएको प्रहरीले जनाएको छ। हाल गर्मीयामसँगै जिल्लामा सर्पदंशका घटनाहरू बढ्दै गएका छन्।

प्रकाशित मिति: १२ असार २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com