काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख पदमा हेरफेर गरिएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणको बुधबार सम्पन्न बैठकले जिम्मेवारी हेरफेर गर्ने निर्णय गरेको हो।
प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलालाई पोखरा विमानस्थलको महाप्रबन्धकको रूपमा सरुवा गरिएको छ। उनको स्थानमा प्राधिकरणका प्रवक्ता समेत रहेका हंसराज पाण्डेलाई त्रिभुवन विमानस्थलको महाप्रबन्धकको जिम्मेवारी दिइएको छ।
त्यस्तै, पोखरा विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरलाई प्राधिकरणको केन्द्रीय कार्यालयमा सरुवा गरिएको छ।
प्रकाशित मिति: १२ असार २०८२, बिहिबार













प्रतिक्रिया