एजेन्सी । मध्यस्थकर्ताहरूले गाजामा युद्धविराम र बन्धकहरूको रिहाइको लागि नयाँ सम्झौता गर्न प्रयासहरू तीव्र पारेको बताएका छन् । तर इजरायलसँग वार्ता अझै नभएकाे हमासका एकजना वरिष्ठ अधिकारीले बीबीसीलाई बताए ।
इरान र इजरायल युद्धविराममा सहमत भएदेखि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ठुलो प्रगति भइरहेको बताइरहेको समयमा यो बयान आएको हो ।
इजरायल र हमास सम्झौताको धेरै नजिक रहेको विश्वास मध्य पूर्वका लागि उनका विशेष दूत स्टीव विटकफ गर्छन् । यसैबीच, हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले बुधबार इजरायली आक्रमणमा ४५ प्यालेस्टिनीहरू मारिएको बताएको छ ।
उता, मंगलबार भएको बम आक्रमणमा आफ्ना सात सैनिक मारिएको इजरायली सेनाले बताएको छ । यस आक्रमणको जिम्मेवारी हमासले लिएको छ ।
प्रकाशित मिति: १२ असार २०८२, बिहिबार













प्रतिक्रिया