दिल्ली ।  बिहारबाट दिल्लीतर्फ जाँदै गरेको यात्रुवाहक बस दुर्घटनामा परेको छ। लखनऊ-आग्रा एक्सप्रेसवेमा भएको उक्त दुर्घटनामा दुईजनाको घटनास्थलमै मृत्यु भएको छ भने ५० जना भन्दा बढी घाइते भएका छन्। घाइतेमध्ये एक नेपाली नागरिक पनि रहेको पुष्टि भएको छ।

बस बिहारको दरभंगाबाट दिल्लीतर्फ गइरहेको थियो। स्लीपर बसमा करिब ६० देखि ६५ जना यात्रु सवार थिए। यात्राका क्रममा ट्रकसँग ठोक्किँदा बस सडकबाट करिब ३० फिट तल खस्दा ठूलो क्षति भएको हो।

advertisement

घाइते यात्रुहरूको सैफई मेडिकल इन्स्टिच्युटमा उपचार भइरहेको छ। उनीहरूका अनुसार बस चालकको लापरवाहीकै कारण दुर्घटना भएको हो। धेरैजसो घाइतेको अवस्था गम्भीर छैन भने केहीको अवस्था चिन्ताजनक रहेको जनाइएको छ।

दुर्घटनापछि स्थानीय प्रहरी र उद्धार टोली घटनास्थलमा पुगेको थियो। उद्धार कार्य पूरा गरिएपछि घाइतेहरूलाई तुरुन्त अस्पताल पठाइएको हो।

प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित मिति: १२ असार २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com