काठमाडौं । आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्रीको हैसियतमा दाबी गर्दै डा. मुकुल ढकालले दायर गरेको रिटमाथि सुनुवाइ सम्पन्न भएको छ। न्यायाधीश कुमार रेग्मीको इजलासमा मंगलबार उक्त रिटको पेसी तोकिएको थियो।
ढकालले आफू नै रास्वपाको वैधानिक महामन्त्री भएको दाबी गर्दै सोही हैसियतमा काम गर्न र गराउन पाउने आदेशको मागसहित परमादेश र उत्प्रेषण आदेशको लागि सर्वोच्च अदालतमा रिट दायर गरेका हुन्।
तर रास्वपाले उनलाई २०८१ भदौ ११ गते साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गरिसकेको छ। त्यसअघि, २०८१ असार २० गते पार्टी अनुशासन विपरीत अभद्र, अशोभनीय र अमर्यादित व्यवहार गरेको भन्दै उनलाई महामन्त्री पदबाट निलम्बन गरिएको थियो।
यद्यपि, ढकालले असार ४ गते रास्वपाको केन्द्रीय समिति र सदस्यहरूको अद्यावधिक विवरण माग गरेपछि निर्वाचन आयोगले हालसम्म ढकाल नै महामन्त्री रहेको र विवरण अद्यावधिक नभएको जानकारी दिएको थियो।
प्रकाशित मिति: १२ असार २०८२, बिहिबार













प्रतिक्रिया