काठमाडौँ ।  नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको महाप्रबन्धकको जिम्मेवारीमा हंशराज पाण्डेलाई  नियुक्त गरिएकाे छ।

पाण्डे यसअघि प्राधिकरणका उप–महानिर्देशक (कर्पोरेट निर्देशनालय) तथा प्रवक्ताको रूपमा कार्यरत थिए। बुधबार बसेको प्राधिकरणको बैठकले उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको नेतृत्व सम्हाल्ने जिम्मेवारी दिने निर्णय गरेको हो।

advertisement

बैठकको निर्णय अनुसार हालसम्म त्रिभुवन विमानस्थलको महाप्रबन्धक रहेका जगन्नाथ निरौलालाई पोखरा विमानस्थलको महाप्रबन्धकमा सरुवा गरिएको छ। पोखरा विमानस्थलमा कार्यरत प्रेमनाथ ठाकुरलाई भने प्राधिकरणको केन्द्रीय कार्यालयमा सरुवा गरिएको छ।

प्राधिकरणले पदस्थापन र सरुवामार्फत नेतृत्वमा फेरबदल गर्दै विमानस्थलको कार्यसम्पादन अझ प्रभावकारी बनाउने उद्देश्य राखेको जनाएको छ।

प्रकाशित मिति: १२ असार २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com