काठमाडाैं ।  यसपाली मनसुन चाडै भित्रीयो। मनसुनले हरियालीपनि लिएर आएको छ। चउर, पाखा, पखेराहरू हरियाली छन्। प्लटिङबाट बचेका खेतहरूमा यहाँका किसानहरूलाइ धान रोपाइको चटारो छ।

हँसिया, कुटो-कोदालोसङ्गै किसान खेतमा धान रोप्दैछन्, हातगोडा खेतको हिलोले हिलाम्मे छन्, सिङ्गो शरीर पसिनाले निथ्रुक्क। र, पनि खेतमा रमाएका यी किसानी मुहारमा उज्यालो मुस्कान छ।

चन्द्रागिरी नगरपालिकाभित्र पर्ने बलम्बु सडकखण्ड आसपासका खेतमा धान रोप्नमा व्यस्त छन्, किसानहरू। टाउकोमा हरिया-राता रङ्गिन गम्छा। हातमा धानकाे बिउ, डाला, निधारमा रातो टिकी, हँसिया र कुटो-कोदालोसङ्ग खेतमा छन्, महिला र पुरूषहरू।

ग्लोबल नागरिककर्मी रविन पुन मगरले खिचेका काठमाडौंको चन्द्रागिरी नगरपालिकास्थित बलम्बु १४ मा किसानहरुको दृश्य:
तस्बिरहरु:

 

प्रकाशित मिति: १२ असार २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com