काठमाडौं। स्पेनिस क्लब रियल मड्रिड समूह विजेता बन्दै क्लब विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको छ।

शुक्रबार सम्पन्न समूह ‘एच’ को अन्तिम खेलमा रियलले आरबी साल्जबर्गलाई ३–० ले पाखा लगाएको हो।

advertisement

योसँगै रियलले ३ खेलबाट ७ अंक पुर्‍याएको छ। प्रतियोगिताबाट बाहिरिएको साल्जबर्गको भने समान खेलबाट ४ अंक मात्रै पुग्यो।

रियललाई जित दिलाउन भिनिसियस जुनियर, फेड्रिको भर्लभेर्डो र गोन्जेलो गार्सियले गोल गरे।

खेलको ४०औं मिनेटमा भिनिसियसले रियललाई सुरुआती अग्रता दिलाएका थिए। पहिलो हाफको इन्जुरी समयमा फेड्रिकोले उक्त अग्रता दोब्बर बनाए।

निर्धारित समय सकिन ६ मिनेट बाँकी रहँदा गोन्जेलोले अर्को गोल थप्दै जित पक्का गरे।

प्रकाशित मिति: १३ असार २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com