काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार)सुनको मूल्य घटेको छ।बिहीबार प्रतितोला तीन सय रूपैयाँ बढेको सुनको भाउ आज प्रतितोला दुई हजार नौ सय रूपैयाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ८९ हजार चार सय रूपैयाँमा कारोबार भइरहेको छ। बिहीबार सुन प्रतितोला एक लाख ९२ हजार तीन सय रूपैयाँ पुगेको थियो।
यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि घटेको छ।
बिहीबार चाँदी प्रतितोला दुई हजार एक सय ७५ रूपैयाँमा कारोबार भइरहेकोमा शुक्रबार प्रतितोला दुई हजार एक सय ६५ रूपैयाँ किनबेच भइरहेको छ।
प्रकाशित मिति: १३ असार २०८२, शुक्रबार













प्रतिक्रिया