काठमाडौँ । पुरानो बसपार्कमा निर्माणाधीन काठमाडौं भ्यू टावरमा संलग्न व्यवसायी तथा ठेकेदार मनोज भेटवाललाई प्रहरीले पक्राउ गरेको छ।
शुक्रबार अनामनगरबाट पक्राउ गरिएको भनिए पनि जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपीलराज बोहोराले आफूलाई औपचारिक जानकारी नभएको र घटनाबारे बुझ्दै गरेको बताएका छन्।
भेटवाल इनोभेटिभ कन्सेप्ट प्रालिका सञ्चालक हुन्। उनका विरुद्ध काठमाडौं प्रहरी परिसरमा १० करोड रुपैयाँ बराबरको बैंकिङ कसुरसम्बन्धी जाहेरी दर्ता भएको छ।
प्रकाशित मिति: १३ असार २०८२, शुक्रबार













प्रतिक्रिया