काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा शुक्रबार मन्त्रिपरिषद् बैठक सुरु भएको छ। तय गरिएको समयभन्दा करिब दुई घण्टा ढिलो गर्दै बैठक सुरु भएको हो।
दिउँसो १ बजेका लागि तय गरिए पनि विभिन्न कारणले ढिलो हुँदै बैठक सुरु भएको हो। सामान्यतः बालुवाटारमा बस्दै आएको मन्त्रिपरिषद् बैठक यसपटक भने सिंहदरबारमा बसेको हो।
प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार युरोपेली राष्ट्र स्पेनको औपचारिक भ्रमणमा निस्कनु अघिल्लो दिन भएको यो बैठकले सरकारका नियमित कार्यसञ्चालनसँग सम्बन्धित निर्णयहरू गर्ने बताइएको छ।
बैठकका एजेन्डा सार्वजनिक नभए पनि सरकारका दिनचर्याका निर्णयहरूका साथै प्रधानमन्त्रीको विदेश भ्रमणलाई ध्यानमा राख्दै महत्वपूर्ण प्रशासनिक विषयमा छलफल हुने अनुमान गरिएको छ।
प्रकाशित मिति: १३ असार २०८२, शुक्रबार













प्रतिक्रिया