काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमा हुने गालीगलौज र परपीडक प्रवृत्तिबाट समाजलाई बचाउनु पर्ने बताएका छन् ।

शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा आफू राम्रो देखिन अरुको दोष खोजेर गरिने गाली, परपीडक प्रवृत्तिविरुद्ध गायिकाद्वय एलिना चौहान र समीक्षा अधिकारीको अभियानको प्रशंसा गर्दै त्यस्ता व्यक्तिलाई सार्वजनिक गरिदिने तरिका सही लागेको बताएका छन् ।

advertisement

समाजको हरेक सकारात्मक पहलकर्ताले गाली पाउने प्रवृत्ति अति भइसकेको भन्दै ओलीले राम्रो गर्न खोज्नेले हिम्मत हार्न नहुने बताए ।

उनले लेखेका छन्– ‘आफू राम्रो देखिन अरूको दोष खोजेर गाली गर्ने, जस्तो कुराको पनि विरोध नै गर्ने र सराप्ने परपीडक प्रवृत्तिबाट समाजलाई बचाउनु पर्छ । समाजलाई उत्तेजनाले ‘गाइड’ गरेर गलत बाटोतर्फ डोर्‍याउन नदिन र विवेकतर्फ फर्काउन ‘गाली गर्नेहरूलाई सार्वजनिक गरिदिने’ यी दुई गायिकाको तरिका सही लाग्यो । समाजको हरेक सकारात्मक पहलकर्ताले गाली पाउने प्रवृत्ति अति भइसक्यो । राम्रो गर्न खोज्नेले हिम्मत हार्नु हुँदैन ।’

 

प्रकाशित मिति: १४ असार २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com