काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफ्नो पार्टी माथि चार वटा शक्तिले हमला गरिरहेको बताएका छन्।

एमालेले राष्ट्रहित र जनताका सवाललाई सशक्त ढंगले उठाउँदा यस्तो हमला भएपनि उनीहरूको स्वार्थ पुरा हुन नदिन एमालेले सशक्त प्रतिवाद गर्नुपर्ने उनले बताए।

advertisement

एमाले काठमाडौं जिल्ला कमिटीको छैटौँ बैठकलाई आज टोखामा सम्बोधन गर्नुहुँदै महासचिव पोखरेलले सो कुरा बताएका हुन्। पोखरेलले एमालेलाई राजावादी,कम्युनिस्ट नामका माओवादी, समाजवादी पपुलिष्ट राजनीति गर्नेहरू र विदेशी शक्तिहरूले हमला गरिरहेको बताए।

‘एमालेलाई मुख्य गरी अहिले चार वटा शक्तिले साइबर हमला गरिरहेका छन् । मुख्य गरी उनीहरु सामाजिक सञ्जाल मार्फत एमालेलाई कमजोर पार्न खोजिरहेका छन् ।

राजावादी,माओवादी,समाजवादी पपुलिष्ट र बाह्य शक्ति’ पोखरेलले भने, ‘एमाले कमजोर हुँदा यी सबैको स्वार्थ पुरा हुने भएकोले उनीहरु हामी माथि खनिएका हुन् ।’

एमाले नभएको भए राजालाई नारायणहिटी लगेर श्रीपेच लगाइदिन यस्तो अवरोध हुने थिएन  भन्ने लागेर राजावादीहरू एमाले विरुद्ध खनिएको उनले बताए।

प्रकाशित मिति: १४ असार २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com